Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यी हुन् कोरोनाबाट सबैभन्दा धेरै प्रभावित विश्वका १० देश

यी हुन् कोरोनाबाट सबैभन्दा धेरै प्रभावित विश्वका १० देश

हेल्थ टिभी अनलाइन : कोेरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशको लिस्टमा अमेरिका पहिलो नम्बरमा पर्छ । गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना महामारी  यतिबेला चीनले नियन्त्रणमा ल्याइसकेको छ जसका कारण चीन प्रभावित देशको टप टेनमा पनि पर्दैन्।

बढी प्रभावित देशहरुमा क्रमस अमेरिका, भारत, ब्राजिल,रुस, पेरु, कोलम्बिया,मेक्सिको, साउथ अफ्रिका, स्पेन र अर्जेन्टिना रहेका छन्। एक नम्बरमा रहेको अमेरिकामा मात्रै हालसम्म ६६ लाख ७६ हजार ६०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ९८ हजार १२८ जनाको मृत्यु भएको छ । यसैगरी भारतमा अहिलेसम्म ४७ लाख ५१ हजार ७८८ जनामा संक्रमण देखिएको छ । संक्रमण धेरै भए पनि भारतमा मृत्यु दर भने कम रहेको छ । हालसम्म त्यहाँ ७८ हजार ६१४ जनाको कोरोनाबाट ज्यान गएको जनाइएको छ ।

यसैगरी भारतपछि ब्राजिलमा धेरै संक्रमित रहेका छन्। ब्राजिलमा ४३ लाख १५ हजार ८५८ जनामा कोरोना देखिएको छ भने १ लाख ३१ हजार २७४ जनाको मृत्यु भएको छ ।
२३ वटा देशमा २ लाख भन्दा बढी संक्रमित रहेका छन्। विश्वमा हाल २ करोड ८९ लाख ४० हजार २२३ जना संक्रमित भइसकेका छन् भने ९ लाख २४ हजार ५६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।

यसैगरी क्रमस रुस, पेरु, कोलम्बिया, मेक्सिको, साउथ अफ्रिका, स्पेन र अर्नेन्टिनामा धेरै संक्रमित रहेका छन्। यता नेपालमा भने हालसम्म कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ भने अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६ रहेको छ ।

विभिन्न १० मुलुकको संक्रमण संख्या निम्न रहेको छ:

अमेरिका – ६६,७६,६०१
भारत-      ४७,५१,७८८
ब्राजील-    ४३, १५,८५८
रूस-     १०,५७,३६२
पेरू –   ७,२२,८३२
कोलंबिया –  ७, ०८,९६४
मैक्सिको –  ६,६३,९७३
साउथ अफ्रीका-   ६,४८,२१४
स्पेन –    ५,७६,६९७
अर्जेंटिना –  ५, ४६,४८१

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि