अस्पतालमा बच्चा साटिएपछि…
कैलाली : डडेल्धुराको आलितालकी भावना बोहराकाे १७ दिनको बिरामी नवजात छोरालाई भदौ १७ गते सेती अञ्चल अस्पताल पुगिन्। निमोनियाभएका १७ दिने शिशुलाई चिकित्सकहरूले सेती अञ्चल अस्पतालको एनआईसीयुमा भर्ना गराए।
सोही दिन अस्पतालको प्रसूति वार्डमा कैलालीको गोदावरी गाउँपालिकाकी काली खातीले पनि छोरी जन्माइन्। उनको नवजात छोरीको स्वास्थ्यमा पनि समस्या देखिएकाले चिकित्सकले एनआईसीयुमा पठाए। १८ गते काली खातीको शिशुलाई सञ्चो भयो र उनलाई चिकित्सकले डिस्चार्ज गरे।
एनआईसीयुमा काम गर्ने स्वास्थ्यकर्मीले खातीलाई छोरीको साटाे बोहराको छोरा ल्याएर दिए। उनी शिशु लिएर धनगढीबाट झण्डै २५ किलोमिटर टाढा गोदावरी नगरपालिकास्थित घर जमुनाभाडी पुगिन्। घरमा पुगेर शिशुको शरीर पखाल्न लुगा खोलेपछि मात्रै उनले शिशु साटिएको चाल पाएकी थिइन्।
सबैतिर हल्लाखल्ला भयो। यता अस्पतालमा पनि हल्लाखल्ला भइसकेको थियो। केही बेरमै खातीलाई अस्पतालबाट फोन आयो। उनलाई अस्पताल बोलाइयो र साटिएको बच्चा अभिभावकको जिम्मा लगाइयो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’