‘शुरुमै उपचार भए निको हुन्छ क्यान्सर’
काठमाडौं : नेपालमा धेरैजसो क्यान्सररोगी जनचेतना अभाव र पर्याप्त स्वास्थ्य सुविधाको अभावले अन्तिम अवस्थामा अस्पतालमा आइपुग्ने गरेका छन्।
क्यान्सर काउन्सिल नेपालद्वारा सूर्तीजन्य पदार्थको रोकथामबारेमा मंगलबार सञ्चालित अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रममा सरोकारवालाहरूले क्यान्सर रोगी समयमा नै उपचार नपाएर मर्ने गरेको बताएका हुन्।
काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले सूर्तीजन्य पदार्थकै कारण अर्बुदरोग, मुटुरोग, दमलगायत विभिन्न किसिमका रोगबाट हजारौंँ मानिस प्रभावित भएको बताउँदै सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सके हजारौँ मानिसलाई अकालमा ज्यान गुमाउनबाट बचाउन सकिने स्पष्ट पारे।
नयाँ पुस्तालाई सूर्तीजन्य पदार्थबाट जोगाउनका लागि विद्यालयस्तरबाटै संस्थाले त्यसविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक भन्दै उनले यसबारे अभिभावकले किशोरकिशोरीलाई सम्झाउनुपर्ने बताए।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै