दुर्गम गाउँमा पुग्याे एम्बुलेन्स
पाल्पा : विकट मानिने रैनादेवी छहरा गाउँपालिकाको जुठापौवा गाविसमा एम्बुलेन्सको पहुँच पुगेको छ। गाउँपालिकाले जुठापौवा स्वास्थ्य चौकीलाई एम्बुलेन्स अनुदानमा उपलब्ध गराएको हो।
गाउँपालिकाको करीब ११ लाख लगानी र नेपाल सरकारको तर्फबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर पराजुलीले बताए। उनका अनुसार करिब ३० लाख पर्ने एम्बुलेन्स खरिदको लागि गाउँपालिकाले बिमासहित करिब ११ लाख रूपैयाँ लगानी गरेको छ। बाँकी भन्सार छुट भएको हाे।
टाटा कम्पनीको बोलेरो एम्बुलेन्स खरिदका क्रममा २४० प्रतिशत भन्सार छुट भएको छ। जुठापौवा स्वास्थ्य चौकीलाई सम्पूर्ण अधिकारसहित हस्तान्तरण गरिएको छ। यो एम्बुलेन्सबाट गाउँपालिका अन्तर्गत तीनवटा वडाका बासिन्दाले सेवा लिन पाउनेछन्।
गाउँपालिकाअन्तर्गत वडा नम्बर ६ जुठापौवा, ७ वल्ढेङगढी र ८ सत्यवतीका सर्वसाधारणलाई यो एम्बुलेन्सले ठूलो राहत हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण