यी हुन् कोरोनाबाट बढी प्रभावित १० देश
हेल्थ टिभी अनलाइन : गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हाल २१५ देशमा पुगेको छ ।विश्वमा हालसम्म २ करोड ३३ लाख ८० हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ लाख ८ हजार ६९७ जनाको कोरोनाबाट ज्यान गइसकेको छ ।
वर्ल्डोमिटरका अनुसार कोरोनाबाट बढी प्रभावित हुने देशमध्ये पहिलो नम्बरमा अमेरिका रहेको छ । अमेरिकामा मात्रै हालसम्म ५८ लाख ४० हजार ८६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ८० हजार बढीले ज्यान गुमाएका छन्। अमेरिकापछि दोस्रो नम्बरमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म ३५ लाख ८२ हजार ६९८ जनामा संक्रमण पुष्टि भएको छ भने १ लाख १४ हजार २७७ जनाको मृत्यु भएको छ ।
उता भारतमा कोरोनाका कहर बढिरहेको छ । भारत संक्रमितको हिसाबले तेस्रो नम्बरमा परेको भए पनि एकैदिन नयाँ संक्रमित देखिनेमा पहिलोमै पर्छ । त्यहाँ हाल ३० लाख ४३ हजार बढीमा कोरोना संक्रमण भएको छ भने ५६ हजार ८४६ जनाको कोरोनाबाट ज्यान गएको छ । भारतमा अन्य देशको तुलनामा मृत्युदर भने कम रहेको छ । यसैगरी चौंथो नम्बरमा रहेको रुसमा ९ लाख ५१ हजार ८९७ जनामा संक्रमण देखिएको छ भने १६ हजार ३१० जनाको मृत्यु भएको छ ।
उता साउथ अफ्रिकामा पनि ६ लाख ७ हजार ४५ जनामा कोरोना देखिएको र १२ हजार बढीको मृत्यु भएको बताइएको छ । त्यसपछि संक्रमितको हिसाबले छेटौं नम्बरमा रहेको पेरुमा ५ लाख ७६ हजार मानिसमा संक्रमण भएको छ । यसैगरी २७ हजार २४५ को ज्यान गएको छ । सातौं नम्बरमा मेक्सिको, आठौं नम्बरमा कोलम्बिया, नौं नम्बरमा स्पेन र दशौं नम्बारमा चिली परेको छ । दशौं नम्बरमा परेको चिलीमा ३ लाख ९५ हजार बढी संक्रमित भेटिएका छन भने १० हजार ७९२ जनाको ज्यान गएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य