Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यी हुन् कोरोनाबाट बढी प्रभावित १० देश

यी हुन् कोरोनाबाट बढी प्रभावित १० देश

हेल्थ टिभी अनलाइन : गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हाल २१५ देशमा पुगेको छ ।विश्वमा हालसम्म २ करोड ३३ लाख ८० हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ लाख ८ हजार ६९७ जनाको कोरोनाबाट ज्यान गइसकेको छ ।

वर्ल्डोमिटरका अनुसार कोरोनाबाट बढी प्रभावित हुने देशमध्ये पहिलो नम्बरमा अमेरिका रहेको छ । अमेरिकामा मात्रै हालसम्म ५८ लाख ४० हजार ८६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ८० हजार बढीले ज्यान गुमाएका छन्। अमेरिकापछि दोस्रो नम्बरमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म ३५ लाख ८२ हजार ६९८ जनामा संक्रमण पुष्टि भएको छ भने १ लाख १४ हजार २७७ जनाको मृत्यु भएको छ ।

उता भारतमा कोरोनाका कहर बढिरहेको छ । भारत संक्रमितको हिसाबले तेस्रो नम्बरमा परेको भए पनि एकैदिन नयाँ संक्रमित देखिनेमा पहिलोमै पर्छ । त्यहाँ हाल ३० लाख ४३ हजार बढीमा कोरोना संक्रमण भएको छ भने ५६ हजार ८४६ जनाको कोरोनाबाट ज्यान गएको छ । भारतमा अन्य देशको तुलनामा मृत्युदर भने कम रहेको छ । यसैगरी चौंथो नम्बरमा रहेको रुसमा ९ लाख ५१ हजार ८९७ जनामा संक्रमण देखिएको छ भने १६ हजार ३१० जनाको मृत्यु भएको छ ।

उता  साउथ अफ्रिकामा पनि ६ लाख ७ हजार ४५ जनामा कोरोना देखिएको र १२ हजार बढीको मृत्यु भएको बताइएको छ । त्यसपछि संक्रमितको हिसाबले छेटौं नम्बरमा रहेको पेरुमा ५ लाख ७६ हजार मानिसमा संक्रमण भएको छ । यसैगरी २७ हजार २४५ को ज्यान गएको छ । सातौं नम्बरमा मेक्सिको, आठौं नम्बरमा कोलम्बिया, नौं नम्बरमा स्पेन र दशौं नम्बारमा चिली परेको छ । दशौं नम्बरमा परेको चिलीमा ३ लाख ९५ हजार बढी संक्रमित भेटिएका छन भने १० हजार ७९२ जनाको ज्यान गएको छ ।

थप समाचार