Health TV Online
Health TV Online
Health TV Online

भरतपुर आँखा अस्पताल सञ्चालक समितिको अध्यक्षमा धरेल

भरतपुर आँखा अस्पताल सञ्चालक समितिको अध्यक्षमा धरेल

चितवन : भरतपुर आँखा अस्पताल सञ्चालक समितिको अध्यक्षमा कृष्णराज धरेल मनोनित भएका छन्। नेपाल नेत्रज्योति संघकाे केद्रीय समितिले धरेलको अध्यक्षतामा पाँच सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

समितिका सदस्यमा चिजकुमार मास्के, जयराम श्रेष्ठ, तेजेन्द्रबहादुर खड्का र केशव अधिकारी चयन भएका छन्।

अध्यक्ष धरेल नेत्रज्योति संघ चितवन शाखाको नवनिर्वाचित सभापति हुन्। सञ्चालक समितिमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सदस्य–सचिव र महानगरपालिकाको प्रतिनिधि सदस्य हुने व्यवस्था छ।

अस्पताल नेत्रज्योति संघले सञ्चालन गर्दै आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा