भरतपुर आँखा अस्पताल सञ्चालक समितिको अध्यक्षमा धरेल
चितवन : भरतपुर आँखा अस्पताल सञ्चालक समितिको अध्यक्षमा कृष्णराज धरेल मनोनित भएका छन्। नेपाल नेत्रज्योति संघकाे केद्रीय समितिले धरेलको अध्यक्षतामा पाँच सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
समितिका सदस्यमा चिजकुमार मास्के, जयराम श्रेष्ठ, तेजेन्द्रबहादुर खड्का र केशव अधिकारी चयन भएका छन्।
अध्यक्ष धरेल नेत्रज्योति संघ चितवन शाखाको नवनिर्वाचित सभापति हुन्। सञ्चालक समितिमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सदस्य–सचिव र महानगरपालिकाको प्रतिनिधि सदस्य हुने व्यवस्था छ।
अस्पताल नेत्रज्योति संघले सञ्चालन गर्दै आएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’