सर्पदंश उपचार केन्द्र माग

झापा : कचनकवल गाउँपालिकामा विद्यार्थीले सर्पदंश उपचार केन्द्र माग गरेका छन्। सर्पदंशका कारण बर्सेनि धेरैले ज्यान गुमाउन थालेको भन्दै उनीहरूले उपचार केन्द्रको माग गरेका हुन्।
सोमबार यहाँका ६ विद्यालयका सात सय विद्यार्थीले उपचार केन्द्रको माग गर्दै गाउँपालिकाका अध्यक्ष अञ्जार आलमलाई ज्ञापनपत्र बुझाएका छन्। सर्पदंशबाट दुई महिनायता तीन बालबालिकाले ज्यान गुमाएका छन्।
गाउँपालिकाका अध्यक्ष आलमले उपचार केन्द्रका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको बताए। चाँडै सर्पदंश उपचार केन्द्र स्थापना हुने उनले जानकारी दिए। जिल्लामा चारआली, सुरुंगा र दमकमा मात्र सर्पदंश उपचार केन्द्र छ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने