जिल्ला अस्पातालमा छैनन् प्रसूति चिकित्सक

संखुवासभा : सदरमुकाम खाँदबारीस्थित जिल्ला अस्पतालका प्रसूति चिकित्सक बिदामा बसेपछि सेवा एक सातादेखि प्रभावित छ।
चिकित्सक नभएपछि प्रसूति सेवा लिन आउने सेवाग्राही मर्कामा परेका छन्। सुरक्षित मातृत्व सेवाका लागि ‘निक साइमन’ नामक संस्थाले उपलब्ध गराएका चिकित्सक शैलिका श्रेष्ठ बिदामा बसेको केही दिनमा नै अर्का कर्मचारी युवराज बस्नेतलाई पनि कार्यालयले बिदा दिएपछि अस्पतालमा प्रसूति सेवा ठप्प भएको हो।
श्रेष्ठलाई भदौ १५ गते हाजिर हुने गरी बिदा दिइएको भए पनि २१ गतेसम्म बिदा थपेर बसेकाले प्रसूति सेवा अवरुद्ध भएको अस्पतालका निमित्त प्रमुख लक्ष्मण खड्काले बताए। जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले श्रेष्ठ १५ गते नै आइपुग्ने गरी बिदामा गएकीले अर्का चिकित्सकलाई बिदा दिएको जानकारी दिए।
जिल्लामा प्रसूति सेवा उपलब्ध नभएपछि सेवाग्राहीलाई सुनसरीकोधरान जानुपर्ने बाध्यता छ। धरानसम्म पुग्न कच्ची सडकका साथै घण्टौंसम्म लाग्ने भएकाले समस्या महिलाहरू मारमा परेका छन्। यो अस्पतालमा प्रसूति गराउन छिमेकी जिल्ला भोजपुरका उत्तरी पूर्वी भेगका सेवाग्राही समेत आउँछन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा