कालिकोटमा तीन महिनामा १६ हजारले गराए स्वास्थ्य बिमा

कालिकोट : स्वास्थ्य बिमा शुरु भएको तीन महिनामा कालिकोटमा १६ हजार सहभागी भएका छन्। जिल्लामा बिमा कार्यक्रम गत जेठ ११ देखि लागु भएको हो।
गरिबी, भौगोलिक कठिनाइ, नागरिकको चेतनास्तरलगायत चुनौतीका बिच पनि बिमा कार्यक्रम प्रभावकारी भएको कालिकोट जिल्ला स्वास्थ्य बिमा दर्ता अधिकारी ललित जोशीले बताए। ‘जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका विभिन्न वडामा गएर दर्ता सहयोगीहरूले स्वास्थ्य बिमा गरिरहेका छन्,’ उनले भने।
जोशीका अनुसार बिमा गराएकामध्ये ८०० जनाभन्दा बढीले उपचार सेवा लिइसकेका छन्। भौगोलिक विकटता र सबै ठाउँमा स्वास्थ्य क्षेत्रको सहज पहुँच नहुँदा स्वास्थ्य बिमा गर्नेले सेवा लिन समस्या रहेको स्थानीय बासिन्दाकाे गुनासाे छ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा