‘किन कानुन मिच्न चाहन्छन् चिकित्सक?’

काठमाडौं : सांसद तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले मुलुकको कानुन मिच्न उद्यत रहेको भन्दै स्वास्थ्यकर्मीहरूको आलोचना गरेका छन्।
आइतवार प्रतिनिधिसभा बैठककाे शून्य समयमा बोल्दै सांसद अधिकारीले ऐनको विषयमा चिकित्सकले गरेको आन्दोलनले हजारौँ बिरामी मारमा पर्ने भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गरे।
‘कानुन मिच्न किन उद्यत बनाइँदै छ’, उनले प्रश्न गरे, ‘किन हजारौँको मृत्युको कारण बन्दै छन् स्वास्थ्यकर्मीहरू?’
उनले स्वास्थ्य मन्त्रालयले आफ्ना खाली रहेका १२ औँ तहका पदपूर्ति गर्न पहल नगरेको भन्दै अालाेचना गरे। सांसदअधिकारीले हडतालका आयोजकहरूलाई स्वस्थ्य मन्त्रालयको तालाचाबी दिइएको टिप्पणी गरे।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने