अध्ययन भन्छ, लकडाउनले युवा -युवती असुरक्षित यौन सम्पर्क गर्न बाध्य

कल्पना आचार्य \काठमाडौं : कोरोना महामारीका कारण विश्वका धेरै देशहरुमा लकडाउन गरिएको छ । जसका कारण कल कारखाना, यातायात, बजार सबै बन्द प्राय छन् । लकडाउनकै कारण प्रयाप्त परिवार नियोजनका साधनको उपलब्धता नहुँदा युवायुवती तथा किशोरकिशोरी असुरक्षित यौन सम्पर्क गर्न बाध्य भएको एक अध्ययनले देखाएको छ ।
भियतनाममा गरिएको एक अध्ययनमा कोरोनाबाट बच्नका लागि गरिएको लकडाउनका कारण धेरै युवायुवती घरमै बस्न बाध्य भएको र यो बेला असुरिक्षत यौन क्रियाकलापमा सरिक भएको पाइएको हो । अध्ययनकर्ता यूथ लिडका उपाध्यक्ष हु तान दुङले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।
भर्चुअल रुपमा गरिएको दशौं ‘एसिया प्यासिफिक कन्फ्रेन्स अन रिप्रडक्टिभ एण्ड सेस्सुअल हेल्थ एण्ड राइट्स’ नामक वेभिनारमा अध्ययनकर्ता हुले कोरोनाका कारण भएको लकडाउनले धेरै युवायुवती तथा किशोरकिशोरी असुरक्षित यौन सम्पर्क गर्न बाध्य भएको बताएका हुन्।
उनले किशोरकिशोरी तथा युवायुवतीले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी धेरै सूचना जान्न इच्छुक भए पनि परिवार, विद्यालय र समाजले सही सूचना दिन नसकेको बताए । जसका कारण उनीहरु अन्यौलमा पर्ने गरेको उनको अध्ययनले देखाएको छ । उनले किशोरकिशोरीका जिज्ञासालाई सम्बोधन गर्दै यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी दिन परिवारबाटै शुरु गर्नुपर्ने र विद्यालयमा विस्तृत रुपमा कोर्षका रुपमा राखिनुपर्नेमा जोड दिए ।
यसैगरी अध्ययनकर्ता नलिनी खुरानाले वेभिनारमा प्रस्तुतिकरण दिंदै किशोरीमैत्री विद्यालय नहुँदा धेरै किशोरीले स्कुल बिचमै छोड्ने गरेको बताइन्। उनले भनिन, भारतको झारखण्डमा गरिएको एक अध्ययनमा १५ देखि १८ वर्ष पुग्दा किशोरीहरुको स्कुल ड्रप आउट ५० प्रतिशतले बढ्ने गरेको पाइयो । घरको काम गर्नुपर्ने , आर्थिक अवस्था कमजोर र छोरीको विवाह गर्नुपर्छ भनेर स्कुल छोड्न बाध्य बनाइने गरेको अध्ययनले देखाएको छ । २३ प्रतिशत किशोरीको १५ देखि १८ वर्षको उमेरमा विवाह भइसकेको पनि अध्ययनले देखाएको छ । यसमा किशोरीको कुनै भूमिका नहुने र परिवारको निर्णय बमोजिम उनीहरु विवाह गरेर जाने गरेको पाइएको अध्ययनकर्ता नलिनीले बताइन्।
यही समस्या समाधानका लागि उमंग नामक मोडल प्रयोग गरेर परिवारका सदस्य, विद्यालयका शिक्षक शिक्षिका लगायतलाई समावेश गराएर उनीहरुकाबिच छलफल र अन्तरक्रिया शुरु गरिएको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights