भारतमा २४ घण्टामा थपिए ५० हजार संक्रमित, कुल संक्रमितकाे संख्या १२ लाख ८८ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा गत २४ घण्टामा मात्र झण्डै ५० हजार कोरोना संक्रमित थपिएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ गत २४ घण्टामा अहिलेसम्मकै धेरै ४९ हजार ३१० जना नयाँ संक्रमित थपिएका छन् भने ७४० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य अधिकारीका अनुसार यो संख्या एकैदिन देखिएको अहिलेसम्मकै धेरै हो । वर्ल्डोमिटरका अनुसार हालसम्म भारतमा १२ लाख ८८ हजार १३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या नै ३० हजार ६०१ पुगेको बताइएको छ ।
यसैगरी भारतमा ८ लाख १७ हजार बढी संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन्।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !