विश्वभर कोरोना : संक्रमितको संख्या १ करोड ४८ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४८ लाख ५२ हजार ७ सय पुगेको छ । गत २४ घण्टामा मात्रै २ लाख १८ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्। जबकी २४ घण्टामा ४ हजार २९६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
वर्ल्डोमीटरका अनुसार विभिन्न देशका ६ लाख १३ हजार २१३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमण भएर पनि उपचारपछि निको भएर घर फर्कनेको संख्या नै ८९ लाख बढी रहेको वर्ल्डोमीटरले जनाएको छ ।
अझै पनि ५३ लाख ३२ हजार बढी एक्टिभ कोरोना संक्रमितको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका बन्न पुगेको छ । हालसम्म अमेरिकामा मात्रै ३९ लाख ६१ हजार भन्दा बढी नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी त्यहाँ १ लाख ४३ हजार बढीले ज्यान गुमाएका छन्।
अमेरिकापछि ब्राजिलमा बढी संक्रमित रहेका छन्। त्यहाँ हालसम्म २१ लाख २१ हजार ६४५ जनामा कारोना पुष्टि भएको छ । संख्याको हिसाबमा भारत तेस्रो नम्बरमा पर्न आउँछ । भारतमा हालसम्म ११ लाख ५४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यद्यपी भारतमा मृत्युदर भने कम रहेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य