बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी ८ वर्षकी छोरीलाई पनि कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनपछि ऐश्वर्या राय बच्चन र उनकी ८ वर्षीय छोरी आराध्या बच्चनमा पनि कोरोना संक्रमण पुष्टि भएकोछ । सो कुराको पुष्टि महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले ट्वीट मार्फत गरेका छन्।
अमिताभकी श्रीमती जया बच्चनको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
उनीहरुमा कोरोना पुष्टि भए पनि ऐश्वर्या र उनकी छोरीमा कुनै लक्षण नभएकाले होम आइसोलेसनमा रहने बताइएको छ । अमिताभ र अभिषेकमा कोरोना संक्रमणदेखिएपछि उनको परिवारसहित सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गरिएको थियो । उनीहरु अहिले मुम्बईको नानावती अस्पतालको आइसोलसन वार्डमा रहेका छन्।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड