Health TV Online
Health TV Online
Health TV Online

जिल्ला अस्पतालमा स्तनपान कक्ष

जिल्ला अस्पतालमा स्तनपान कक्ष

रोल्पा : जिल्ला अस्पताल रोल्पाले स्तनपान कक्ष स्थापना गरेको छ। शिशु तथा आमाको स्वास्थ्य सुधारमा थप टेवा पुर्याउने उद्देश्यका साथ सो कक्ष स्थापना गरिएको बताइएको छ।

जिल्ला अस्पताल हाताभित्र निर्मित उक्त कक्षमा आमाले शिशुलाई स्तनपान गराउनुका साथै आराम गर्ने व्यवस्थासमेत गरिएको जिल्ला अस्पताल रोल्पाका वरिष्ठ स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले जानकारी दिए।

सुरक्षित मातृत्व सेवाअन्तर्गत अस्पतालले सो कार्यको थालनी गरेको हो। यसअघि अस्पतालका कर्मचारी तथा सेवाग्राही स्तनपान कक्ष नहुँदा समस्यामा पर्दै आएका थिए।

सबै स्वास्थ्य केन्द्रमा स्तनपान कक्ष स्थापना गर्नुपर्ने प्रावधान रहे पनि अधिकांश स्वास्थ्य संस्था स्तनपान कक्षबिहीन रहेको पाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा