सर्पदंशका बिरामी बढे

सुनसरी : जिल्ला अस्पताल इनरुवामा सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। अस्पतालमा चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्ममा ७५ सर्पदंशका बिरामी आएको जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरीडेन्ट डा.बिना शाक्यले जानकारी दिइन्।
अस्पतालमा स्नेक बाइट पोजेटिभ १६ जना आएकामा १४ को सफल उपचार भएको र दुईको मृत्यु भएको अस्पतालले जनाएको छ। समयमा नआएकाले दुई बिरामीकाे मृत्यु भएको जिल्ला अस्पताल इमर्जेन्सी कक्षका इन्चार्ज गुणानन्द झाले बताए।
त्यसैगरी अस्पतालमा ५९ स्नेक बाइट नेगेटिभ आएको अस्पतालले जनाएको छ। नेगेटिभ आएका बिरामीको उपचार सफल भएको अस्पतालले जनाएको छ। मौसममा आएको परिवर्तन, वर्षालगायतका कारणले सर्पको बिगबिगी बढेकाले सर्पदंशका बिरामी अस्पतालमा बढेको इन्चार्ज झाले जानकारी दिए।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा