सर्पदंशका बिरामी बढे
सुनसरी : जिल्ला अस्पताल इनरुवामा सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। अस्पतालमा चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्ममा ७५ सर्पदंशका बिरामी आएको जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरीडेन्ट डा.बिना शाक्यले जानकारी दिइन्।
अस्पतालमा स्नेक बाइट पोजेटिभ १६ जना आएकामा १४ को सफल उपचार भएको र दुईको मृत्यु भएको अस्पतालले जनाएको छ। समयमा नआएकाले दुई बिरामीकाे मृत्यु भएको जिल्ला अस्पताल इमर्जेन्सी कक्षका इन्चार्ज गुणानन्द झाले बताए।
त्यसैगरी अस्पतालमा ५९ स्नेक बाइट नेगेटिभ आएको अस्पतालले जनाएको छ। नेगेटिभ आएका बिरामीको उपचार सफल भएको अस्पतालले जनाएको छ। मौसममा आएको परिवर्तन, वर्षालगायतका कारणले सर्पको बिगबिगी बढेकाले सर्पदंशका बिरामी अस्पतालमा बढेको इन्चार्ज झाले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण