भारतमा ४ लाख ५६ हजारले जिते कोरोना, २० हजार बढीको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतमा हालसम्म ४ लाख ५६ हजार बढी संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ७ लाख ४२ हजार ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती संक्रमितमध्ये ४ लाख ५६ हजार ८३१ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
भारतमा बुधबार २ लाख ६४ हजार ९४४ जना देशका विभिन्न अस्पतालका आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् भने हालसम्म कोरोना संक्रमणका कारण २० हजार ६४२ जनाले ज्यान गुमाएका छन्।
भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । कोरोनाको आशकामा हालसम्म १ करोड ४ लाख ७३ हजार ७७१ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा भारतमा २२ हजार ७५२ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी ४८२ जनाले ज्यान गुमाएका छन्।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा