भाइरल ज्वरो र टाइफाइडका बिरामी बढे

बैतडी : लगातारको वर्षाका कारण जिल्लाका स्वास्थ्यसंस्थामा बिरामीको संख्या बढेको छ। वर्षातको समयमा खानपिनमा ध्यान नदिँदा बढी बिरामी पर्ने गरेको चिकित्सकहरू बताउँछन्।
जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानी समेत अभाव भएका कारणले बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
आजभोलि दैनिक ७० भन्दा बढी बिरामी अस्पतालमा आउने गरेका जिल्ला अस्पतालले बताएको छ। जिल्ला अस्पतालमा मात्रै नभई अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढेका छन्।
अस्पतालमा उपचारका लागि आउनेमध्ये धेरैजसो ज्वरोका बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र बिष्टले जानकारी दिए। ‘भाइरल ज्वरो, टाइफाइड, झाडापखालाका बिरामी बढेका छन्’, उनले भने।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने