डाक्टरहरूको लाइसेन्स अाइतबार नै काउन्सिललार्इ बुझाइने
काठमाडौं : नेपाल चिकित्सक संघले डाक्टरहरूको लाइसेन्स आइतबार नै मेडिकल काउन्सिललाई बुझाउने भएको छ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्न सरकारले चासो नदेखाएको भन्दै आन्दोलन गर्ने घोषणा गरेको संघले आइतबार नै चिकित्सा प्रमाणपत्र (लाइसेन्स) काउन्सिललाई बुझाउने भएको हो।
‘बिहान १० बजे माइतीघर मण्डलामा भेला हुनेछौँ’, संघका महासचिव डा.लोचन कार्कीले भने, ‘त्यहीँ सबै डाक्टरको लाइसेन्स संग्रह गरी १२ बजे काउन्सिलमा बुझाउनेछौँ।’
संघले देशभरका चिकित्सकहरुलाई भदौ १५ सम्म आफ्नो प्रमाणपत्र बुझाउन आग्रह गरेको थियो। अहिलेसम्म ३ हजार लाइसेन्स जम्मा भइसकेको डा.कार्कीले बताए।
संघले यसअघि नै संघले सोमबार कुनै पनि अस्पतालमा बिरामी भर्ना नलिने, मंगलबार बिरामीको शल्यक्रिया नगर्ने र बुधबार ल्याब टेस्ट नगर्नेलगायत साताव्यापी कार्यक्रम घोषणा गरेको थियो। बिहीबारदेखि भने देशभर आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरिएको छ।
यही भदौ १ गतेदेखि लागू भएको संहितामा उपचारका क्रममा लापरबाही गरी बिरामीको मृत्यु भए चिकित्सकलार्इ जन्मकैदसम्म सजाय हुने व्यवस्था गरिएको छ।
नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधीको शैलीमा व्यवहार गर्न उन्मुख भएको भन्दै संघले संहिता संशोधन गर्न माग गर्दै आएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’