विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन: कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ७९ हजार नाघेको छ । वर्ल्डोमीटरका अनुसार बुधबार बिहानसम्म कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ७९ हजार ८१६ पुगेको छ । यसैगरी संक्रमितको संख्या ९३ लाख ५४ हजार ३२६ पुगेको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा मात्रै १ लाख २३ हजार ४७३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। दोस्रोमा ब्राजिल छ भने तेस्रोमा बेलायत, चौथोमा इटली तथा पाचौंमा स्पेन रहेको छ । संक्रमित धेरै भएको देशमा भने भारत चौंथो नंबरमा परेको छ । त्यहाँ बुधबार बिहानसम्म ४ लाख ५६ हजार ६२ जनामा कोरोना पुष्टि भएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो