चिकित्सक संघले आइतबारदेखि आन्दोलन गर्ने

काठमाडौं : मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ अपराध संहिता संशाेधनमा सरकारले चासाे नदेखाएको भन्दै नेपाल चिकित्सक संघले आइतबारदेखि आन्दोलन गर्ने भएको छ।
सरकारले ऐन संशोधनमा चासो नदेखाएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए।
आइतबार माइतीघर मण्डलामा धर्ना दिने, सोमबार कुनै पनि अस्पतालमा बिरामी भर्ना नलिने, मंगलबार बिरामीको शल्यक्रिया नगर्ने र बुधबार ल्याब टेस्ट नगर्नेलगायत साताव्यापी कार्यक्रम घोषणा गरेकाे उनले जानकारी दिए।
‘ प्रत्यक्ष छलफलमा सरकारका प्रतिनिधिहरूले ऐन संशोधन गर्ने आश्वासन दिए पनि प्रक्रिया अघि नबढाएकाले आन्दोलनमा उत्रिन बाध्य भएका हौँ’, अध्यक्ष श्रेष्ठले भने, ‘एक साताभित्र ऐन संशोधन नगरे देशभरिका अस्पताल ठप्प पारेर लाइसेन्स सरकारलार्इ बुझाउँछौँ।’
भदौ १ गतेदेखि लागू भएकाे संहितामा उपचारका क्रममा लापरबाही गरी बिरामीकाे मृत्यु भए चिकित्सकलार्इ जन्मकैदसम्म सजाय हुने व्यवस्था गरिएकाे छ। नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधीको शैलीमा व्यवहार गर्न उन्मुख भएको भन्दै संघले संहिता संशोधन गर्न माग गर्दै आएको छ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा