२१ प्रतिशत बालबालिकामा पाेषण तत्त्व कमी
काठमाडौं : नेपालका २१ प्रतिशत बालबालिकामा पोषण तत्त्व कमी रहेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई वर्ष छ महिना लगाएर गरेको नेपाल राष्ट्रिय सूक्ष्म पोषण तत्त्व सर्वेक्षणमा २१ प्रतिशत बालबालिकामा पोषणतत्त्व कमी देखिएको हो।
पोषण तत्त्व कमीका कारण बालबालिकामा पुड्कोपन, कुपोषण लगायत अन्य रोग लाग्ने सम्भावना बढी हुन्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखा प्रमुख डा.आरपी विच्छाले सरकारले ७५ वटै जिल्लामा गरिएको सर्वेक्षणले २० प्रतिशत बालबालिका र ४० प्रतिशत प्रजनन उमेरका महिलामा ‘हेलिब्याक्टर पाइलरी’ भाइरस देखिएको जानकारी दिए।
यो भाइरसका कारण ग्यास्ट्राइटिस हुने सम्भावना बढेको डा.विच्छाले बताए। सर्वेक्षणले एक चौथाइ प्रजनन उमेरका महिलामा पनि यही समस्या देखिएको छ।
७५ जिल्लाका चार हजार ३२० घरधुरीका १२ हजार ५१२ महिला, किशोरकिशोरी तथा बालबालिकामा सर्वेक्षण गरिएको थियाे। हरेक पाँचमा एक बालबालिका, किशोरी र प्रौढ महिलामा रक्तअल्पता समस्या रहेको देखिएकाे छ। यस्तै २८ प्रतिशत बालबालिका, १८ प्रतिशत किशोरी र १९ प्रतिशत प्रजनन उमेरका महिलामा सूक्ष्मपोषण तत्त्व आइरन कमी रहेको पाइएको छ।
यस्तै, २७ प्रतिशत गर्भवती महिलामा रक्तअल्पता समस्या रहेको छ भने २८ प्रतिशत बालबालिका, १८ प्रतिशत किशोरी र १९ प्रतिशत प्रजनन उमेरका महिलामा सूक्ष्मपोषण तत्त्व आइरन कमी रहेको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण