दुल्लु अस्पतालमा चिकित्सक अभाव
दैलेख : दुल्लु अस्पतालमा चिकित्सकसहितका सुविधा नहुँदा स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ। कहिले चिकित्सक, कहिले औषधि र कहिले खानेपानीको अभावका कारण स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो।
एउटा दशौँ तहको विशेषज्ञ चिकित्सक र दुईवटा आठौँ तहको चिकित्सकको दरबन्दी रहेको उक्त अस्पताल स्थापनाकालदेखि हालसम्म पनि माथिल्लो तहको विशेषज्ञ चिकित्सकको पदपूर्ति हुन सकेको छैन।
विशेषज्ञसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा अधिकांश पद अहिले पनि रिक्त छन्। दुई नगरपालिका र दुई गाउँपालिकालाई सेवा दिइरहेको अस्पतालमा बिरामीले भनेजस्तो सेवा पाउन सकेका छैनन्। अस्पतालमा चिकित्सक नहुँदा सामान्य बिरामीलाई समेत जिल्ला अस्पताल दैलेख र सुर्खेतमा सिफारिस गर्नुपर्ने बाध्यता छ।
अहिले उक्त अस्पतालमा कार्यरत डा.लीला देवकोटा अध्ययन बिदामा काठमाडौं र निमित्त प्रमुख डा.लाल गुरुङ पनि एक हप्तामा अध्ययन बिदामा रहेको अहेब खड्गबहादुर शाहीले बताए।
चिकित्सक बिदामा बसेपछि अहिले स्टाफ नर्स र अहेवको भरमा चलिरहेको सो अस्पतालमा दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डा विन्दासैनी नगरपालिका र अछामको तुर्माखादबाट पनि बिरामी उपचारका लागि आउने गर्छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण