छालाका बिरामी बढे

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकीमा छालाका बिरामीको सङ्ख्या बढेकाे छ। दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि पुग्ने बिरामीमध्ये ४५ प्रतिशत भन्दा बढीमा छालाको समस्या देखा परेको हो।
नगरपालिका क्षेत्रभित्रका पिताम्बर, झलारी, पिपलाडी स्वास्थ्य चौकी र बन्साहा शहरी स्वास्थ्य केन्द्रमा दैनिक उपचारका लागि ३०० भन्दा बढी बिरामी पुग्ने गरेका छन्। अधिकांश बिरामीमा छाला चिलाउने, दाद, एलर्जी र फोकाफुन्सीलगायत समस्या देखा परेको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख तीर्थराज भट्टले जानकारी दिए।
भट्टका अनुसार चारवटै स्वास्थ्य संस्थामा गरी दुई महिनाको अवधिमा दुई हजार ६०० भन्दा बढी छालाका बिरामीको उपचार गरिएको छ।
व्यक्तिगत सरसफाइको कमी, घाँसपात काट्दा विषालु किरा छुँदा, धुलो माटोको कारण, बढ्दो गर्मी, बजार क्षेत्रमा विषादीको प्रयोग गरी पकाइएका फलफूलको प्रयोगका कारण छालाको समस्या बढेकाे स्वास्थ्यकर्मीले बताए।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा