सुदूरपश्चिममा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : सुदूरपश्चिममा थप ६८ जनामा कोरोना पुष्टि भएको छ । सोमबार धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना पुष्टि भएको हो ।
सोमबार कोरोना संक्रमण पुष्टि भएका मध्ये बैतडीका २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका ३ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३ सय ३२ पुगेको छ ।
अहिलेसम्म सबैभन्दा बढी कैलालीका ९३ जना, कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका २२, डोटीका ३७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा २७ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन् ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित