विश्वभर झण्डै ७६ लाख मानिसमा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: विश्वभर हालसम्म झण्डै ७६ लाख मानिसमा कोरोना संक्रमण देखिएको छ । जसमा आधा भन्दा बढी मानिस निको भएका छन्। वर्ल्डोमीटरका अनुसार विश्वमा हालसम्म ७५ लाख ९७ हजार ३ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा मात्रै १ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ९ सय ४६ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म विश्वभर ४ लाख २३ हजार भन्दा बढी मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैगरी संक्रमित भएर उपचारपछि निको हुनेको संख्या नै ३८ लाख ३५ हजार रहेको छ। अहिलेसम्म सबैभन्दा बढी प्रभवित अमेरिका भएको छ । अमेरिकामा मात्रै झण्डै २१ लाख मानिसमा संक्रमण देखिएको छ । १ लाख १६ हजार बढीको मृत्यु भइसकेको छ ।
कोरोना भाइरस संक्रमण २१३ देशमा फैलिएको भए पनि सबैभन्दा बढी संक्रमित ८ वटा देशमा देखिएका छन्। अमेरिका, ब्राजील, रूस, स्पेन, यूके, इटली, भारत, पेरू मा कोरोना संक्रमितको संख्या बढी देखिएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड