Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वभर झण्डै ७६ लाख मानिसमा कोरोना संक्रमण

विश्वभर झण्डै ७६ लाख मानिसमा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  विश्वभर हालसम्म झण्डै ७६ लाख मानिसमा कोरोना संक्रमण देखिएको छ । जसमा आधा भन्दा बढी मानिस निको भएका छन्। वर्ल्डोमीटरका अनुसार विश्वमा हालसम्म ७५ लाख ९७ हजार ३ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा मात्रै १ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ९ सय ४६ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म विश्वभर ४ लाख २३ हजार भन्दा बढी मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैगरी संक्रमित भएर उपचारपछि निको हुनेको संख्या नै ३८ लाख ३५ हजार रहेको छ। अहिलेसम्म सबैभन्दा बढी प्रभवित अमेरिका भएको छ । अमेरिकामा मात्रै झण्डै २१ लाख मानिसमा संक्रमण देखिएको छ । १ लाख १६ हजार बढीको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस संक्रमण २१३ देशमा फैलिएको भए पनि सबैभन्दा बढी संक्रमित ८ वटा देशमा देखिएका छन्। अमेरिका, ब्राजील, रूस, स्पेन, यूके, इटली, भारत, पेरू मा कोरोना संक्रमितको संख्या बढी देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार