विश्वभर गत २४ घण्टामा थपिए १ लाख २१ हजार नयाँ संक्रमित

हेल्थ टिभी अनलाइन: विश्वमा गत २४ घण्टामा १ लाख २१ हजार कोरोना संक्रमित थपिएका छन्। यसैगरी ४ हजार ७५७ जनाको मृत्यु भएको छ ।
वर्ल्डोमीटरका अनुसार हालसम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ७३ लाख १६ हजार ९ सय ४४ पुगेको छ ।२१३ देशमा फैलिएको कोरोना संक्रमणका कारण ४ लाख १३ हजार ६ सय २७ जनाले ज्यान गुमाएका छन् । यसैगरी ३६ लाख २ हजार ५ सय २ जना कोरोना निको भएर घर फर्केका छन्।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा सबैभन्दा धेरै २० लाख ४५ हजार ५ सय ४९जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नै १ लाख १४ हजार १ सय ४८ पुगेको छ ।
उता पछिल्लो समय ब्राजिलमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । ब्रजिलमा गत २४ घण्टामा मात्रै ३१ हजार १ सय ९७ नयाँ संक्रमित फेला परेका छन्। यसैगरी एकै दिनमा ११ सय २४ जनाको ज्यान गएको छ । हालसम्म ब्राजिलमा ७ लाख ४२ हजार ८४ जना संक्रमित छन् त्यहाँ ३८ हजार ४ सय ९७ जनाले ज्यान गुमाएका छन् ।
ब्राजिलपछि रुसमा ४ लाख ८५ हजार २ सय ५३ जना संक्रमित पुग्दा ६ हजार १ सय ४२ जनाले ज्यान गुमाएका छन् । ब्राजिल र रुस पछि भारतमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढेको पाइएको छ । भारतमा अहिलेसम्म २ लाख ७६ हजार १ सय ४६ जना संक्रमित छन् भने ७ हजार ७ सय ५० जनाले ज्यान गुमाएका छन् ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा