Health TV Online
Health TV Online
Health TV Online

के छ बिम्स्टेक सम्मेलनमा स्वास्थ्यसम्बन्धी एजेण्डा?

परम्परागत अाैषधि पहिचान र उपयाेग प्राथमिकतामा

के छ बिम्स्टेक सम्मेलनमा स्वास्थ्यसम्बन्धी एजेण्डा?

काठमाडाैं : एक दिनअघि सम्पन्न बिमस्टेकको परराष्ट्र सचिवस्तरीय बैठकले १४ वटा एजेण्डा तय गरेको छ।

१४ वटा एजेण्डामा व्यापार तथा लगानी, प्रविधि, उर्जा, यातायात तथा सञ्चार, पर्यटन, मत्स्यपालन, कृषि र साँस्कृतिक सहयोग परेका छन्। यस्तै वातावरण तथा विपद् व्यवस्थापन, जनस्तरको सम्पर्क, गरिबी निवारण, आतंकवाद तथा अन्तर्राष्ट्रिय अपराध नियन्त्रण र जलवायु नियन्त्रण पनि एजेण्डामा समावेश छन्।

एजेण्डाको ११ औँ बुँदामा स्वास्थ्यसम्बन्धी विषय उल्लेख छ, जसमा भनिएको छ– सन् २०१७ अक्टोबर २४ र २५ मा नयाँ दिल्लीमा परम्परागत औषधिसम्बन्धी बिमस्टेक कार्यदलको पहिलो बैठकले तयार गरेको प्रतिवेदन।

बिम्स्टेकले जनस्वास्थ्यलाई आफ्नो प्राथमिकताको सूचीमा राख्दै आएको छ। जनस्वास्थ्यले यो क्षेत्रमा प्रभाव पार्ने भएकाले पनि जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको हो।

सन् २००६ अगष्ट २९–३० मा थाइल्याण्डको बैंककअन्तर्गत परम्परागत औषधीसम्बन्धी राष्ट्रिय समन्वय केन्द्रको बैठकले परम्परागत औषधि पहिचान गर्न याेसम्बन्धी‘टास्क फोर्स’ गठन गरेको थियो।

त्यसको पहिलो बैठक गत वर्ष अक्टोबर २४–२५ मा भारतको नयाँदिल्लीमा बसेको बैठकले परम्परागत औषधिसम्बन्धी ज्ञान प्रवर्धनका यससँग जोडिएका वंशाणुगत स्रोतको संरक्षणसम्बन्धी अवधारणाहरू प्रस्तुत गरिएका छन् जसले, परम्परागत औषधिसम्बन्धी प्राविधिक शोधका लागि साझेदारी गर्ने उद्देश्य राखिएको छ।

नेपालको सन्दर्भ

नेपालको जैविक विविधता परम्परागत औषधिसम्बन्धी ज्ञान र अनुभव तथा जैविक विविधताको उपयोग गर्नसके नेपालका लागि मात्र नभर्इ पूरै बिम्स्टेकका लागि सहयोगी हुने विश्वास लिइएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा