संसदीय समिति पुगेर डा. केसीले राखे अाफ्ना भनाइ

काठमाडौं : संसदीय शिक्षा तथा स्वास्थ्य समितिमा डा.गोविन्द केसीले आफ्ना कुरा राखेर बाहिरिएका छन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल गर्न बुधबार डा.केसीलाई समितिले बोलाएको हाे।
दोहोरो छलफलमा बस्न अस्वीकार गर्दै उनी अाफ्नाे भनाइ लिखित रूपमा राखेर बाहिरिएका हुन्। ‘माफ गर्नुहोला, सअघि नै सम्झौता भइसकेको छ’, उनले समितिका सदस्यहरूलाई भने, ‘त्यसैले म छलफलमा बस्दिनँ।’
छलफलअघि उनले सरकारसँग भएको सहमतिको एक–एक प्रति समितिका सदस्यहरूलाई बाँडेका थिए। केसी बाहिरिएपछि समितिकाे बैठक स्थगन भएकाे गरिएकाे छ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा