न्याम्सको उपकुलपति बन्न २२ जनाको आवेदन

काठमाडौं: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिका लागि २२ जनाको आवेदन परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ दिनको अवधिमा दरखास्तको अन्तिम मिति आइतबारसम्म २२ जनाको दरखास्त परेको जनाएको छ।
न्याम्सको उपकुलपति छनोटका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ। समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.धर्मकान्त बास्कोटा सदस्य छन्।
समितिले उपकुलपतिका लागि नाम सिफारिस गरेपछि त्यसका आधारमा प्रतिष्ठानका सहकुलपतिसमेत रहेका यादवले कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नाम सिफारिस गर्नेछन्।
सोही आधारमा प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन्। निवर्तमान उपकुलपतिदेखि वरिष्ठ चिकित्सक,प्राध्यापक एवं पूर्व पदाधिकारीहरूले दरखास्त दिएका छन्।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने