नर्सको लापरवाहीले एकको मृत्यु, २५ जना गम्भीर

नर्सले सिरिन्जको प्रयोगमा लापरवाही गर्दा भारतको मध्यप्रदेश अन्तर्गत दातीया जिल्लास्थित एक अस्पतालमा एक जनाको मृत्यु भएको छ। २५ जनाको अवस्था गम्भीर छ।
अस्पतालका चिकित्सक तथा सिभिल सर्जन पीके शर्माले सिरिन्जको प्रयोगमा नर्सबाट भएको लापरबाहीका कारण उक्त घटना घटेको समाचार संस्था एएनआईलाई जानकारी दिएका छन्।
सबै बिरामीलाई एउटै सिरिन्जमार्फत औषधी दिइएको र सिरिन्ज सफा गर्न पनि ‘डिस्टिल वाटर’को सट्टामा सामान्य पानीको प्रयोग गरेको आरोप नर्सहरूलाई लागेको छ।
प्रहरीले याे विषयमा छानविनका लागि समिति गठन गरी अनुसन्धान थालेको छ।
एजेन्सी
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने