विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७३ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना भाइरस संक्रमणबाट ३ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार संक्रमित हुनेको संख्या ६२ लाख ६३ हजार नाघेको छ । विश्वभर २८ लाख ४६ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । अमेरिकामा संक्रमितको संख्या १८ लाख ३७ हजार नाघेको छ । त्यहाँ १ लाख ६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी रहेको छ । त्यहाँ संक्रमितको संख्या ५ लाख नाघेको छ भने २८ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।हालसम्म बेलायतमा ३८ हजार १ सय, इटलीमा ३३ हजार ३ सय, स्पेनमा २७ हजार १ सय र फ्रान्समा २८ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका छन् । रुसमा संक्रमितको संख्या चार लाख ५ हजार नाघेको छ भने ४ हजार ७ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
यसैगरी भारतमा पनि संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ । भारतमा संक्रमितको संख्या एक लाख ९० हजार नाघेको छ भने ५ हजार ४ सय ८ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा पनि संक्रमितको संख्या ६९ हजार ४ सय नाघेको छ । त्यहाँ १ हजार ४ सय ८३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म १ हजार ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ भने ८ जनाले ज्यान गुमाएका छन्।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा