भारतका चर्चित संगीतकार वाजिद खानको कोरोनाका कारण निधन
हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारतका चर्चित म्युजिक डाइरेक्टर तथा गायक वाजिद खानको कोरोना संक्रमणका कारण निधन भएको छ ।
६ महिनाअघि मिर्गौला प्रत्यारोपण गराएका उनको आइतबार कोरोना संक्रमणका कारण मुम्बईस्थित सुराणा सेठिया अस्पतालमा निधन भएको हो । ४३ वर्षीय वाजिद केही दिन अघि मिर्गौला र घाँटीमा इन्फेक्सन भएपछि अस्पताल भर्ना भएको बताइएको छ । उनी अस्पताल भर्ना हुँदा उच्च ज्वरो आएकाले उनको कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको त्यहाँका मिडियाले जनाएका छन्।
उनको निधनमा बलिवुडका कलाकारहरुले दुख व्यक्त गरेका छन्। बलिवुडमा साजिद-वाजिद निकै नै चर्चित संगीतकार मानिन्छन्। उनीहरु दाजुभाई हुन्। साजिद दाई हुन भने वाजिद भाई हुन्। उनीहरुले वलिवुडमा थुप्रै सुपर हिट फिल्महरुमा संगीत दिएका छन्।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र