वायु प्रदूषणले गराउँछ स्मरणशक्ति ह्रास
काठमाडौं : लामो समयसम्म अत्याधिक वायु प्रदूषण भएको स्थानमा रहेकाहरूको मानसिक स्वास्थ्यमा ठूलो क्षति पुग्ने एक अध्ययनले देखाएको छ। अमेरिका र चीनले २० हजार चिनियाँ नागरिकमा गरेको चार वर्ष लामो संयुक्त अध्ययनले वायु प्रदूषण झेलेकाहरूको बोल्ने र हिसाबकिताब गर्ने क्षमतामा ह्रास आएको देखिएको हो ।
अनुसन्धानकर्ताहरूका अनुसार प्रदुषणको नकारात्मक असर उमेर अनुसार बढ्दै जाने र कम शिक्षित पुरुषहरुमा यसको प्रभाव झनै धेरै परेको देखिएको छ। उनीहरूका अनुसार यो अध्ययन विश्वव्यापी हाे किनभने विश्वका ८० प्रतिशत शहरी जनसंख्याले असुरक्षित स्तरको वायु प्रदूषणमा स्वास फेरिरहेका छन् ।
अदृश्य मृत्युको कारकका रुपमा हेरिएको वायु प्रदूषणका कारण विश्वभर करिब ७० लाख नाबालक शिशुहरुको ज्यान गइरहेको विश्व स्वास्थ्य संगठनको दाबी छ। प्रदूषणले अल्जाइमर र डिमेन्सिया जस्तो मस्तिष्कको रोगलाई पनि बढाउने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्।
एजेन्सी




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण