वायु प्रदूषणले गराउँछ स्मरणशक्ति ह्रास

काठमाडौं : लामो समयसम्म अत्याधिक वायु प्रदूषण भएको स्थानमा रहेकाहरूको मानसिक स्वास्थ्यमा ठूलो क्षति पुग्ने एक अध्ययनले देखाएको छ। अमेरिका र चीनले २० हजार चिनियाँ नागरिकमा गरेको चार वर्ष लामो संयुक्त अध्ययनले वायु प्रदूषण झेलेकाहरूको बोल्ने र हिसाबकिताब गर्ने क्षमतामा ह्रास आएको देखिएको हो ।
अनुसन्धानकर्ताहरूका अनुसार प्रदुषणको नकारात्मक असर उमेर अनुसार बढ्दै जाने र कम शिक्षित पुरुषहरुमा यसको प्रभाव झनै धेरै परेको देखिएको छ। उनीहरूका अनुसार यो अध्ययन विश्वव्यापी हाे किनभने विश्वका ८० प्रतिशत शहरी जनसंख्याले असुरक्षित स्तरको वायु प्रदूषणमा स्वास फेरिरहेका छन् ।
अदृश्य मृत्युको कारकका रुपमा हेरिएको वायु प्रदूषणका कारण विश्वभर करिब ७० लाख नाबालक शिशुहरुको ज्यान गइरहेको विश्व स्वास्थ्य संगठनको दाबी छ। प्रदूषणले अल्जाइमर र डिमेन्सिया जस्तो मस्तिष्कको रोगलाई पनि बढाउने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्।
एजेन्सी
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा