विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन\काठमाडौं : विश्वभर कोरोना संक्रमित हुनेहरुको संख्या ५४ लाख नाघेको छ। वर्ल्डोमीटरका अनुसार सोमबार बिहानसम्म ५४ लाख ९८ हजार ५७७ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ६८८ रहेको छ ।
चीनबाट शुरु भएको भए पनि कोरोनाको बढी मारमा अमेरिका परेको छ । अमेरिकामा मात्रै झण्डै एक लाख मानिसको मृत्यु भएको पाइएको छ । अमेरिकामा ९९ हजार ३ सय जनाको कोरोनाको कारण ज्यान गएको छ । यसैगरी संक्रमित हुनेको संख्या १६ लाख ८६ हजार ४३६ जना रहेको छ ।
यसैगरी बेलायतमा ६ हजार ८ सय ७५, इटालीमा ३२ हजार ७ सय ८५, स्पेनमा २८ हजार ७ सय ५२ जनाको मृत्यु भइसकेको छ। ब्राजिलमा ३ लाख ६३ हजार २ सय ११, रुसमा ३ लाख ४४ हजार ४ सय ८१, बेलायतमा २ लाख ६० हजार ९ सय १६, स्पेनमा २ लाख ३५ हजार ७ सय २२, इटालीमा २ लाख २९ हजार ८ सय ५८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वभर हालसम्म २३ लाख २ हजार ४ जना कोरोना जितेर घर फर्केका छन्। भारतमा १ लाख ३१ हजार ८६८ जनामा कोरोना पुष्टि भएको छ भने ३ हजार ८६७ जनाको मृत्यु भएको छ । नेपालमा पनि आइतबारसम्म संक्रमितको संख्या ६ सय ३ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म ३ रहेको छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा