पहाडी जिल्लामा औलोको उच्च जोखिम

बैतडी : पछिल्लो समय जिल्लामा औलोको उच्च जोखिम रहेको पाइएको छ। तीन वर्षयता औलोका बिरामी बढेकाे जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए।
जिल्लाको तल्लो स्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडा औलोको उच्च जोखिममा छन्। सो क्षेत्रमा गत वर्षदेखि औलोका बिरामी फेला पर्न थालेका हुन्।
गत वर्ष ३३ तथा यस वर्ष हालसम्ममा ७ औलो रोगी भेटिएको पाण्डेयले जानकारी दिए। विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो पाइने गरेको हो ।
तल्लो स्वराडमा औलोका कारण गर्भवती महिला तथा बालबालिका बढी जोखिममा छन्। त्यहाँ स्थानीयवासीलाई निःशुल्क झुल वितरण गरिएको छ। प्रभावित क्षेत्रमा किटनाशक औषधि छर्किएको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु