Health TV Online
Health TV Online
Health TV Online

प्रदेश ७ मा स्वास्थ्य बिमा गराउने एक लाख नाघे

प्रदेश ७ मा स्वास्थ्य बिमा गराउने एक लाख नाघे

बैतडी : २०७२ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा प्रदेशभर हालसम्म एक लाखभन्दा बढी आबद्ध भएका छन्।

प्रदेश ७ मा कैलाली, बैतडी, बझाङ, अछाम र बाजुरा  गरी पाँच जिल्लामा यो कार्यक्रम लागू भएको छ। सबैभन्दा बढी कैलालीमा ७७ हजार १३१ जनाले बिमा गरेका छन्। अछाममा आठ हजार ७९८,बाजुरा ९ हजार २८०, बैतडीमा ६ हजार ९७ र बझाङमा आठ हजार २९ जना स्वास्थ्य बिमामा आबद्ध छन्।

स्वास्थ्य बिमावाट प्रदेश ७ मा दुर्इ करोड रुपैयाँ योगदान रकम संकलन भएको स्वास्थ्य बिमा बोर्ड, प्रदेश ७ का संयोजक जनक साउदले जानकारी दिए।  स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै भौगोलिक कठिनाइ, गरीबी, नागरिकको चेतनास्तर लगायत चुनौतीबीच पनि बिमा कार्यक्रममा आकर्षण देखिएको संयोजक साउदले बताए।

स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने र गुणस्तरीय सेवा पाइने भएकाले यसप्रतिकाे आकर्षण बढ्दै गएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा