विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, ३ लाख बढीले गुमाए ज्यान

हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ४८ लाख बढी मानिसको मृत्यु भइसकेको छ ।
गत डिसेम्बरको अन्तिमबाट शुरु भएको कोरोना भाइसको संक्रमणको कारण ४८ लाख १ हजार ८७५ जनाको ज्यान गएको बताइएको छ । वर्ल्डोमिटर अनुसार २१३ देशमा फैलिएको कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३ लाख १६ हजार ६७१ रहेको छ । विश्वमा पछिल्लो २४ घण्टामा मात्रै ८२ हजार २७५ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ६१७ जनाले ज्यान गुमाएका छन्। यसैगरी १८ लाख ५८ हजार ६७० जना निको भएर घर फर्केका छन्। कोरोना २१३ देशमा फैलिएको भए पनि संक्रमित मध्ये लगभग ७१ प्रतिशत १० देशमा रहेको बताइएको छ । ३४ लाख बढी संक्रमित १० देशमा रहेका छन्।
विश्वको एक तिहाई संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म १५ लाख २७ हजार ६५४ जनामा संक्रमण देखिएको छ । यसैगरी मृत्यु हुनेको संख्या नै ९० हजार ९७८ पुगिसकेको छ । यसैगरी बेलायतमा ३४ हजार ६३६ जनाको मृत्यु भएको छ । यसैगरी संक्रमितको संख्या २ लाख ४३ हजार ६९५ रहेको छ । स्पेनमा हालसम्म २७ हजार ६५० जनाले ज्यान गुमाएका छन्। यसैगरी इटलीमा ३१ हजार ९०८ जनाले ज्यान गुमाएका छन। फ्रान्समा पनि २८ हजार बढीको मृत्यु भएको छ
भारतमा हालसम्म ९० हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ८७२ रहेको छ । नेपालमा भने हालसम्म २ जनाको ज्यान गएको छ भने २९५ जनामा संक्रमण पुष्टि भएको छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा