भारतमा कोरोना संक्रमितको संख्या ६० हजार नजिक

हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमतिको संख्या ६० हजार नजिक पुगेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहा कोरोना संक्रमितको संख्या ५९ हजार ६ सय ६२ पुगेको छ ।
यसैगरी मृत्यु हुनेको संख्या नै १ हजार ९ सय ८१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ९५ जनाले ज्यान गुमाएका छन् भने झण्डै ३५ सय नयाँ संक्रमित थपिएका छन्। यसैगरी हालसम्म १७ हजार ८ सय ४७ जना उपचारपछि निको भएर घर फर्केका छन्।
सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । महाराष्ट्रमा मात्रै ७४१ जनाले ज्यान गुमाएका छन्। भारत सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि डेढ महिनालदेखि लकडाउन जारी राखेको छ । यद्यपी कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । पछिल्लो एक सातादेखि भारतमा कोरोना संक्रमितको संख्यामा तीब्र रुपमा वृद्धि भइरहेको छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा