बालबालिकाकाे दृष्टि जाेगाउन ‘स्कुल स्क्रिनिङ’
काठमाडाैं : नेपाल नेत्रज्योति संघले बच्चाहरूको आँखा जोगाउन ‘स्कुल स्क्रिनिङ’ कार्यक्रम शुरु गरेको छ। सुनसरी र झापाका सरकारी, सामुदायिक र प्राइभेट सबै विद्यालयहरूमा स्क्रिनिङ कार्यक्रम शुरु गरिएको हो।
पाँच वर्षभित्र देशभरका विद्यालयका विद्यार्थीको आँखा जाँच गर्ने लक्ष्य लिएको संघले जनाएको छ ।
सूचना प्रविधिको बढ्दो प्रयाेगका कारण मोबाइल र कम्प्युटर चलाउँदा बालबालिकामा दृष्टिदोष बढेकाले उनीहरूलाई बेलैमा सचेत गराउनयस्ता कार्यक्रम गर्न लागिएको संघका कार्यकारी निर्देशक शैलेश मिश्रले बताए।
‘बालबालिकाको आँखा जाँच गर्ने मात्र नभई उनीहरूको सम्पूर्ण उपचार निःशुल्क उपचार गरिनेछ’, उनले भने। अस्पताल रिफरदेखि चस्मा लगाउनपर्ने बालबालिकालाई चस्मा पनि उपलब्ध गराउने उनले जानकारी दिए ।
यस्ता बालबालिकाको सम्पूर्ण विवरण संघले राख्नेछ। उनीहरू नियमित रूपमा आँखा जाँचका लागि जान्छन् कि जाँदैनन्? चस्मा लगाउँछन् कि लगाउँदैनन्? भन्ने ‘फलोअप’ पनि गर्नेछ।
बेलैमा बालिबालिकाको दृष्टि कस्तो छ भन्ने पत्ता लगाउन ‘स्क्रिनिङ’ कार्यक्रम शुरु गरिएको हो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’