नेपालगञ्ज हेल्थ क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी
बाँके : विभिन्र विद्यार्थी संगठनले नेपालगञ्ज हेल्थ क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
क्याम्पसले विद्यार्थीको परीक्षा फारम केन्द्रमा नपठाएको विषयमा बोलाइएको वार्तामा नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष सीपी देवकोटामाथि आक्रमण भएको भन्दै विरोधमा विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन्।
वार्तामा बोलाएर आक्रमण भएको भन्दै विद्यार्थी संगठनले दोषीलाई कारवाहीको माग गरेका छन् । क्याम्पस सञ्चालक मैकुलाल वाल्मिकीले भने आफूले आक्रमण नगराएको बताए। विद्यार्थीका दुई पक्षबीच झडप भएको उनकाे दाबी छ।
नेविसंघ, अनेरास्वावियु, अखिल क्रान्तिकारी, अखिल छैटाैँ, नयाँशक्ति विद्यार्थी युनियनलगायतका विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा दोषीलाई कारवाही गर्नुको साटो बाँके प्रशासन मौन बसेको आरोप लगाइएको छ। आन्दोलनरत विद्यार्थी र प्रमुख जिल्ला अधिकारीबीच याे विषयमा भएको वार्ता सहमतिमा नपुग्दै टुंगिएकाे छ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन