Health TV Online
Health TV Online
Health TV Online

नेपालगञ्ज हेल्थ क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

नेपालगञ्ज हेल्थ क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

बाँके : विभिन्र विद्यार्थी  संगठनले नेपालगञ्ज हेल्थ क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

क्याम्पसले विद्यार्थीको परीक्षा फारम केन्द्रमा नपठाएको विषयमा बोलाइएको वार्तामा नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष सीपी देवकोटामाथि आक्रमण भएको भन्दै विरोधमा विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन्।

वार्तामा बोलाएर आक्रमण भएको भन्दै विद्यार्थी संगठनले दोषीलाई कारवाहीको माग गरेका छन् । क्याम्पस सञ्चालक मैकुलाल वाल्मिकीले भने आफूले आक्रमण नगराएको बताए। विद्यार्थीका दुई पक्षबीच झडप भएको उनकाे दाबी छ।

नेविसंघ, अनेरास्वावियु, अखिल क्रान्तिकारी, अखिल छैटाैँ, नयाँशक्ति विद्यार्थी युनियनलगायतका विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा दोषीलाई कारवाही गर्नुको साटो बाँके प्रशासन मौन बसेको आरोप लगाइएको छ। आन्दोलनरत विद्यार्थी र प्रमुख जिल्ला अधिकारीबीच याे विषयमा  भएको वार्ता सहमतिमा नपुग्दै टुंगिएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा