दिल्लीमा एकै बिल्डिङमा बस्ने ४१ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारतको दिल्लीमा एकै बिल्डिङमा बस्ने ४१ जनामा कोरोना संक्रमण पाइएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीको कापसहेड़ामा रहेको एक बिल्डिङमा बस्ने ४१ जनामा कारोना पोजेटिभ पाइएको हो । शुरुमा सो बिल्डिङमा बस्ने एक जनामा ज्वरो आउने, खोकी लाग्ने भएपछि १८ अप्रिलमा कोरोना परीक्षण गरिएको थियो । उनमा कोरोना पोजेटिभ पाइएपछि सो बिल्डिङका ६७ जनको नमुना संकलन गरी परीक्षण गरिएकोमा ४१ जनामा कोरोना पोजेटिभ पाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
४१ जनामा कोरोना संक्रमण देखिएपछि सो बिल्डिङ र वरिपरीका क्षेत्र सिल गरिएको बताइएको छ । भारतमा हालसम्म ३७ हजार ७ सय ७६ जनामा कोरोना पुष्टि भइसकेको छ । यसैगरी १ हजार २ सय २३ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य