मिर्गौला राेगी बालकद्वारा सहयाेगकाे याचना
दाङ : दुवै मिर्गौलाले काम गर्न छाडेका तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुरका ११ वर्षीय शशि अधिकारीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन्। अाफ्नाे दुवै मिर्गौलाले काम नगरेकाले उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका हुन्।
बिहीबार तुलसीपुरमा उनले पत्रकार सम्मेलन गरी उपचारका लागि आवश्यक रकम आफ्नो परिवारसँग नभएकाले सबैको सहयोगले आफ्नो जीवनरक्षा हुने अपेक्षा गरेकाे बताए।
‘घरको आर्थिक अवस्था नाजुक छ, उपचार गराउन भारतको लखनउ पुग्दा चिकित्सकले तीन लाख रुपैयाँ लाग्छ भनेका छन्’, उनले भने। पत्रकार सम्मेलनमा बालक अधिकारीकी फुपू खीमा भण्डारीले भदाको उपचारका लागि सहयोग गरिदिन सबैमा आग्रह गरिन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण