सिरहामा ८६ जनामा पाठेघरकाे क्यान्सर

लहान : सिरहास्थित कर्जन्हा क्षेत्रमा ८६ जना पाठेघरका क्यान्सर रोगी महिला पाइएका छन्। बगाहामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा यो संख्यामा पाठेघरका क्यान्सर रोगी महिला फेला परेका हुन्।
अाठ जनालार्इ तत्काल क्यान्सर अस्पताल भर्ना गरी केमोथेरापी शुरु गर्नुपर्ने शिविरका प्रमुख तथा भरतपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा.निर्मलकुमार लामिछानेले बताए। अाठ जनाको पाठेघर पूर्ण रूपले खसेको र ६ जनाको पाठेघरभित्र मासु पलाएकाले उपचारका लागि जान सुझाव दिइएको उनले जानकारी दिए।
चितवनको भरतपुरस्थित विपी. कोइराला मेमोरियल क्यान्सर अस्पताल र सिरहाको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलको साझेदारीमा सञ्चालित शिविरमा भरतपुरस्थित क्यान्सर अस्पतालका पाँच विशेषज्ञ चिकित्सक, तीन फार्मेसिस्ट र दुई नर्स तथा कर्जन्हास्थित फूलकुमारी हस्पिटलका दुई मेडिकल अधिकृत र दुई नर्सले जाँच गरेका थिए।
शिविरमा बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियाे।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा