तुलसीपुरमा वायुप्रदूषण मापन

दाङ : तुलसीपुर उपमहानगरपालिकामा वायुप्रदूषण मापन गरिएको छ । चेक रिपब्लिकका प्राध्यापक पावेल, डा. मिलोस र नेपाली नागरिक डा. चिरञ्जीवी खड्काको समूहले धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिकस्थलमा प्रदूषण मापन गरेको हाे।
टोलीले वायुप्रदूषणको प्रारम्भिक अध्ययनमै त्यति राम्रो नदेखिएको र विस्तृत अध्ययन प्रतिवेदन केही समयपछि ल्याबमा परीक्षण गरेर जानकारी दिने उपमहानगरपालिकाले जनाएको छ ।
तुलसीपुरका विभिन्न ठाउँमा गरिएको अध्ययनअनुसार वीरेन्द्र चोकमा वायुप्रदूषणको असर सबैभन्दा बढी भएको पाइएको छ। पुराना गाडीबाट निस्कने धुँवाले वायुप्रदूषण बढाएकाले घटाउनका लागि फोहर व्यवस्थापनका साथै रुख रोप्न सुझाव दिइएको छ। विकसित देशमा हरियाली बनाउने ठाउँ नहुँदा पनि उनीहरूले घरको छतमा बिरुवा लगाउने गरेको तर नेपालमा विरुवा लगाउनका लागि प्रशस्त ठाउँ भएको खड्काले बताए।
प्रा.पावेलले जनतालाई वायु प्रदूषणबारे सचेत गराउनु आवश्यक रहेको बताए। तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वातावरणको अवस्था विकराल भएकाले त्यसको समाधानका लागि उपमहानगरपालिकाले पहल गर्ने बताए।
तुलसीपुर नगरलाई वायुप्रदूषणमुक्त बनाउनका लागि नगरका विभिन्न गल्लीमा बिरुवा लगाउने कामलाई निरन्तरता दिएको उनको भनाइ छ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा