सशस्त्र प्रहरीकाे रक्तदान

काठमाडौं : मुलुकमा देखिएको रगत अभाव कम गर्न सशस्त्र प्रहरी बलले मुलुकभर रहेका संगठनमा बिहीबार अभियानका रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
महानिरीक्षक प्रथम रक्तदान नाम दिइएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा महानिरीक्षक शैलेन्द्र खनालले रक्तदान गरे।
सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा शान्ति, सुरक्षा, विकास र समृद्धिको सरकारी कार्यक्रमलाई मूर्तरूप दिन संगठनले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे।
खनालले रक्त अभाव भएर जीवनमरणको दोसाँधमा रहेका व्यक्तिलाई जीवनदान प्रदान गर्न संगठनले सञ्चालन गरेको यो कार्यक्रमबाट ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा