सशस्त्र प्रहरीकाे रक्तदान
काठमाडौं : मुलुकमा देखिएको रगत अभाव कम गर्न सशस्त्र प्रहरी बलले मुलुकभर रहेका संगठनमा बिहीबार अभियानका रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
महानिरीक्षक प्रथम रक्तदान नाम दिइएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा महानिरीक्षक शैलेन्द्र खनालले रक्तदान गरे।
सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा शान्ति, सुरक्षा, विकास र समृद्धिको सरकारी कार्यक्रमलाई मूर्तरूप दिन संगठनले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे।
खनालले रक्त अभाव भएर जीवनमरणको दोसाँधमा रहेका व्यक्तिलाई जीवनदान प्रदान गर्न संगठनले सञ्चालन गरेको यो कार्यक्रमबाट ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण