बलम्बुमा सशस्त्र अस्पतालकाे स्वास्थ्य शिविर

काठमाडाैं : नेपाल रेडक्रस सोसाइटी र सशस्त्र प्रहरी बल अस्पतालले बलम्बुमा नाक, कान, घाँटी स्वास्थ्य परीक्षण शिविर अायाेजना गरेकाे छ।
बुधबार शिविर शुरू गर्दै नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद उमेशप्रसाद ढकालले ०७२ वैशाखको विनाशकारी भूकम्पपछि सोसाइटीले करीब ३५ लाख मानिसलाई मानवीय सहयोग उपलब्ध गराएको दाबी गरे।
उक्त अस्पतालका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हरिशचन्द्र अधिकारीले मानवीय सेवाका विविध क्षेत्रमा नेपाल रेडक्रससित अस्पतालले सहकार्य गरी अगाडि बढ्ने बताए।
तीन दिने सो शिविरमा परीक्षणपछि कानको जटिल समस्या देखिएका बिरामीलाई सुन्न सहयोग हुने यन्त्रसमेत वितरण गरिने जनाइएको छ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा