नेपाल मेडिसिटीमा सिरहावासीलार्इ विशेष सहुलियत
ललितपुर : नेपाल मेडिसिटी अस्पतालमा सिरहावासीले विशेष सहुलियत प्राप्त गर्ने भएका छन्। भैँसेपाटीस्थित नेपाल मेडिसिटीमा मंगलबार सिरहा समाज सेवाका अध्यक्ष विष्णुकुमार साह र अस्पतालका महाप्रबन्धक विजय रिमालले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार सिरहा समाज सेवासँग समन्वय गरी नेपाल मेडिसिटीमा उपचारका लागि आउने सिरहावासीले विशेष सहुलियत पाउनेछन्। नेपालमै सम्पूर्ण उपचार सम्भव रहेको अवस्थामा विभिन्न स्थानमा फैलिएका नेपालीहरूलाई स्वदेशी अस्पतालको सेवासुविधामा सहभागी गराउने उद्देश्यमा यस सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने अस्पतालका महाप्रबन्धक रिमालले बताए।
त्यस्तै सिरहा समाजका अध्यक्ष साहले उत्कृष्ट अस्पतालसँग समन्वय गर्न पाएकोमा खुशी व्यक्त गरे। सिरहावासीले नेपाल मेडिसिटी अस्पतालको नगदरहित स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भई सुलभ उपचार प्राप्त गर्नसक्ने छन्।
सिरहा समाज सेवा वा नेपाल मेडिसिटीमा सम्पर्क राखी बिमा कार्यक्रममा आबद्ध हुनसक्ने जनाइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण