महाेत्तरीमा सर्पदंशका घटना बढ्याे
महोत्तरी : जिल्लाको उत्तरी क्षेत्र बर्दिवास, गौशाला, औरही र भंगाहा नगरपालिका क्षेत्रमा सर्पदंशका घटना बढेका छन्।
बर्दिवास—३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भदौ शुरु भएयता पाँच दिनमा सर्पदंशका १३ बिरामी उपचार गरेर घर फर्किसकेका छन्। पाँच जना अझै उपचारकै क्रममा छन्।
०७१ साउन ३१ गते स्थापना भएकाे केन्द्रमा साउन मसान्तसम्म एक हजार ७१ ले उपचार लिएको अभिलेखले देखाएको छ।
जिल्लामा धेरैजसो गोमन र करेत जातका विषालु सर्पको बिगबिगी देखिएको केन्द्रले जनाएको छ। केन्द्र सञ्चालनमा आएदेखि गत साउन मसान्तसम्मको तथ्याङ्कअनुसार बर्दिवास नगर क्षेत्रमा मात्रै सर्पदंशका ४७० घटना भएको देखिन्छ।
उपचार केन्द्रमा भेन्टिलेटर सुविधासहितको सघन उपचार कक्ष नहुँदा ढिलो उपचारमा आइपुग्ने केही बिरामीलाई उपचारका लागि अन्यत्र सिफारिस गरिँदा केही अप्रिय घटना भएको अध्यक्ष कृष्ण देवकोटाले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण