Health TV Online
Health TV Online
Health TV Online

महाेत्तरीमा सर्पदंशका घटना बढ्याे

महाेत्तरीमा सर्पदंशका घटना बढ्याे

महोत्तरी : जिल्लाको उत्तरी क्षेत्र बर्दिवास, गौशाला, औरही र भंगाहा नगरपालिका क्षेत्रमा सर्पदंशका घटना बढेका छन्।

बर्दिवास—३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भदौ शुरु भएयता पाँच दिनमा सर्पदंशका १३ बिरामी उपचार गरेर घर फर्किसकेका छन्। पाँच जना अझै उपचारकै क्रममा छन्।

०७१ साउन ३१ गते स्थापना भएकाे केन्द्रमा साउन मसान्तसम्म एक हजार ७१ ले उपचार लिएको अभिलेखले देखाएको छ।

जिल्लामा धेरैजसो गोमन र करेत जातका विषालु सर्पको बिगबिगी देखिएको केन्द्रले जनाएको छ। केन्द्र सञ्चालनमा आएदेखि गत साउन मसान्तसम्मको तथ्याङ्कअनुसार बर्दिवास नगर क्षेत्रमा मात्रै सर्पदंशका ४७० घटना भएको देखिन्छ।

उपचार केन्द्रमा भेन्टिलेटर सुविधासहितको सघन उपचार कक्ष नहुँदा ढिलो उपचारमा आइपुग्ने केही बिरामीलाई उपचारका लागि अन्यत्र सिफारिस गरिँदा केही अप्रिय घटना भएको अध्यक्ष कृष्ण देवकोटाले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा