पक्षघात भएका विद्यार्थीलार्इ सहयाेग

काठमाडौं : पूर्व प्रहरी परिवार मञ्चले गोकर्णेश्वरको मेरुदण्ड पक्षघात समूहलाई दुई लाख ५० हजार रूपैयाँ सहयोग गरेको छ। मेरुदण्ड पक्षघात भएका विद्यार्थीलाई स्वावलम्बन जीवन पद्धति र आवास सञ्चालनका लागि सहयोग गरिएको हो।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल र मञ्चका सल्लाहकार शिवजी श्रेष्ठले मंगलबार रकम समूहका उपाध्यक्ष बाबुराम मिश्रलाई हस्तान्तरण गरे।
महानिरीक्षक खनालले मेरुदण्ड पक्षघात भएका विद्यार्थीको स्वावलम्बन जीवन पद्धति सिकाइ एवं आवास सञ्चालनमा सो रकमले सहयोग पुग्ने बताए।
२०७२ सालमा स्थापित समूहले मेरुदण्ड पक्षघात भएका विद्यार्थीको स्वावलम्बन जीवन पद्धति, सिकाइ एवं आवास सञ्चालन र अपांगता अधिकारसम्बन्धी कार्यक्रम गर्दै आएको छ। समूहमा हाल ११ विद्यार्थी छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा